पेनाङ्गमा देउसी

सबिन राई, पेनाङ्ग
प्रवासमा रहेर पनि आफ्नो सस्कृतिको जगेड्ना गर्नुको साथै घर परिवार देखि टाडा रहेर प्रवासी जीवन बिताई रहेका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई शुभकामना आदान प्रदान गर्दै मलेसियाको पेनाङ्गमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

उक्त देउसी भैलो कार्यक्रमको आयोजना विश्व नेपाली साहित्य महासंघमा आवद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ्गले गरेको थियो । अक्टोबरको २५ र २६ तारिक दुई दिन सम्म चलेको उक्त देउसी भैलो कार्यक्रम स्थानिय सुंगाई निबोङ्ग, बुकित जाम्बुल, रेलाउ, बातुमाउ र पर्माताङ्गका नेपालीहरुको आवास तथा रेष्टुरेन्टहरुमा सम्पन्न भएको हो ।

विगत केही वर्षहरु देखि नियमित रुपमा आयोजना गर्दै आएको उक्त देउसी भैलो टालीलाई सबै स्थानहरुमा हार्दिक्ताका साथ स्वागत गर्नुको साथै आफु स्वदेश मै भएको आभास पाएको कुरा सहभागीहरुले बताएका थिए । मादल र बासुरीको धुनमा आयोजकहरुले देउसी गीत गाउदै सम्पुर्ण प्रवासी नेपालीहरु माझ शुभकामना आदान प्रदान गरेका थिए ।

– सबिन राई, पेनाङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *