विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाले मनायो दशैं : पहिलो पटक उमि्रए साउदीमा जमरा

सागर श्रेष्ठ/खगेन्द्र अधिकारी,
जहां नेपाली त्यही नेपाली संस्कृति र चार्डपर्वहरु त्यही नेपाली रितिरिवाज र परम्पराहरु । यो विशेषतालाई चरितार्थ गर्दै विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले २०६८ सालको दशैं भव्यताका साथ मनाएको छ । साउदी अरेविया जस्तो कठोर धार्मिक कानुन भएको देशमा पनि पहिलो पटक जमरा उमार्न सफल भएको छ ।

अलसुवाइदी नेपाली परिवारले उपलब्ध गराएको हल दशैंको रातो टिका र पहेला जमराले सजिएको थियो । बिजया दशमीको मंगलधुन घन्किरहेको थियो । दशैंको दिन घर परिवारसंग टाढा हुन पुगेका नेपालीहरुले दुःख बिसे्रका थिए । टिका र जमरा लगाउन पाउने खुसीले उनीहरुको मनले आफु घर परिवार संग रहेको महसुस गरिरहेको थियो । कतै नाचिरहेका कतै गाइरहेका थिए । पहिलो चरणको कार्यक्रममा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । मचबाटै शुभकामना आदान प्रदान गर्नेहरुमा प्रवासी नेपाली नेटवर्कका डाइरेक्टर सागर श्रेष्ठ एनआरएनए एनसीसी का प्रमुख सल्लाहकार तारा भण्डारी आइएमइ प्रमुख राजु पौडेल विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका अध्यक्ष खगेन्द्र अधिकारी अमृत नेपाली पोशाकमा सजिएका अलसुवाइदी कम्पनीका सुपरभाइजर जीवन थापा अलसुवाइदी कम्पनीका भारतीय नागरिक गोपा कुमार लगायतका थिए भने अनलाइन मार्फत विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा। मधु माधुर्यले पठाउनु भएको शुभकामनाका शब्दहरु विश्व नेपाली साहित्य महासंघका केन्द्रिय प्रतिनिधि सागर श्रेष्ठले जस्ताको त्यस्तै बाचन गरेर सुनाउनु भएको थियो । दोस्रो चरणको कार्यक्रम एनआरएनए एनसीसी का प्रमुख सल्लाहकार तारा भण्डारी अलसुवाइदी सुपरभाइजर गणेश पाण्डे जीवन थापा तथा आइएमइ प्रमुख राजु पौडेलले संयुक्त रुपमा माता दुर्गा भवानीको प्रतिमामा पूजा अर्चना गर्दै केक काटेर शुरु गर्नुभएको थियो । त्यसको लगत्तै त्यहां उपस्थितहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य धनपति कंडेलको हातबाट सबैले माता दुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा ग्रहण गरिएको थियो । टिका ग्रहण पश्चात अनसुवाइदी नेपाली परिवारले उपस्थित सम्पूर्ण नेपाली दाजुभाइहरुलाई खसीको मासु साथै मासुका अन्य परिकारहरु चिउरा भटमास तिल र टिमुरको अचार सलाद फलफुल आदिको व्यवस्था गरेको थियो ।

स्मरण रहोस् विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले अहिलेसम्म गर्दै आएका सम्पूर्ण कार्यक्रमहरुको अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको प्रवासी नेपाली नेटवर्क पिएनएनले अनलाइन मार्फत यस पटकको कार्यक्रमको पनि प्रंत्यक्ष प्रशारण गरेको थियो । इमेल मार्फत ४९२ वटा शुभकामनाहरु प्राप्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *