सूचना! सूचना !! सूचना !!!

हाम्रो मान्यता – साझा र पारदर्शिता

सूचना! सूचना !! सूचना !!!

विश्वभर छरिएर रहेका साहित्यकार तथा नेपाली साहित्यिक संघ संस्थाहरुलाई ख्यालमा राख्दै साझा र पारदर्शिता को मान्यता राख्दै नेपाली साहित्यको श्रीबृद्धिको लागि विश्वब्यापी नेपाली साहित्यको शसक्त संजाल निर्माण गर्न आवश्यक भएकोले उक्त सम्बन्धमा छलफल विचार विमर्श चलि रहेको छ । त्यसैले आफ्नो नयाँ सोच सहित विचारको आदानप्रदान कार्यक्रममा सहभागि हुन हार्दिक अनुरोध गरिन्छ ।

१. सबै देशमा रहेका साहित्यकारहरुले साझा अनुभूति गर्नेछन् ।
२. विशुद्ध साहित्य भन्दा बाहिरको राजनीति हुने छैन ।
३. नयाँ बन्ने संजालमा कुनैपनि देशको बर्चश्व हुने छैन ।
४ .नातावाद/परिवारवाद हुने छैन ।
५. संस्थापक ब्यक्ति विशेष नभई भानु जयन्ति भेला वा कुनै समारोह वा कार्यक्रमको नाम
रहनेछ । स्थापना भएको शुभ साइतको दिनमै केन्द्रिय तदर्थ समिति र यथासम्भव प्रत्येक देश र साहित्यिक संस्थाबाट प्रतिनिधित्व हुने गरि केन्द्रिय परिषदको पनि निर्माण गरिने छ । केही देशमा शाखा निर्माण तथा सम्बद्धता प्राप्त भएको समेत घोषणा गरिनेछ ।
६. कम्तिमा १० वटा मुलुकमा रहेका नेपाली साहित्यका स्रष्टाहरुको संलग्नता रहेपछि मात्र
सामुहिक रुपबाट यो संस्थाको स्थापना भएको घोषणा गरिने छ ।
७. यो संस्था सामुहिक प्रयासमा स्थापना हुनेछ त्यसैले छलफलमा सहभागिको लागि हार्दिक
अनुरोध गर्दछौ ।

समस्त स्रष्टा सर्जक तथा शुभचिन्तकहरुलाई सम्पर्क गर्न अनुरोध गर्दछौ ।

– छलफल समुह

nepaliliterature@ymail.com

अनलाइनमा भ्वाइस चाट गर्न Skype युजर: biswas20 थप्नुहोस ।

———————————————————————–

वेवसाइट फेसबुकमा राखिएको तथा ५ हजार भन्दा बढि इमेलहरुमा पठाइएको निमन्त्रणा

हार्दिक निमन्त्रणा

विश्वभरका विभिन्न मुलुकमा रहनु भएका साहित्यिक स्रष्टा सर्जक तथा साहित्यिक संघसंस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले सामुहिक कार्यको लागि सामुहिक सकि्रयता एवं संलग्नताको मान्यता लिई कम्तिमा १० वटा वा त्यो भन्दा बढि मुलुकहरुबाट प्रतिनिधित्व हुने गरि यहि आउदो भानु जयन्तीको अवसरमा विश्वब्यापी साहित्यिक संजाल स्थापना भएको घोषणा हुदैछ ।

यस निर्माणधिन संस्थाको स्थापनाको लागि यहाको पनि महत्वपूर्ण सहभागिता सद्भाव रहोस भन्ने अनुरोध गर्दै हार्दिक निमन्त्रणा गर्दछौ । जुनसुकै संस्थामा आबद्ध ब्यक्ति पनि सहभागि हुन सक्नुहुनेछ । नाम के राख्ने लोगो कस्तो बनाउने र विधान कस्तो बनाउने भन्ने सम्बन्धमा आफ्नो राय दिन अनुरोध छ ।

सम्पर्क nepaliliterature@ymail.com, www.nepaliLiterature.org
– छलफल समुह

One thought on “सूचना! सूचना !! सूचना !!!

  1. aviyan sakaratmak 6 thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *