प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

ब्रुनाई, बिश्व नेपाली साहित्य महासंघद्वारा आयोजित ‘बिश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता’मा सहभागी हुनका लागि कविता आईपुग्नुपर्ने अन्तिम मिति यहि जेठ २९ जुन १२ सम्म राखिएकोमा प्रतियोगितामा सहभागीताका लागि सबैतिरबाट अत्यन्त उत्साह र चासो देखिएकोले सकेसम्म धेरै सहभागिहरुलाई समेट्न सकियोस् भन्ने उद्देश्यले अडियो कविता आईपुग्नुपर्ने अन्तिम मिति २ हप्ताको लागि लागि थप गरिएको छ ।

महासंघको शुक्रबार साँझ बसेको ई-बैठकले २ हप्ताको लागि समयावधि बढाउने निर्णय गरेको हो प्रतियोगितामा सहभागी हुनका लागि सबैतिरबाट अत्यन्त उत्साह देखिएको छ तर समयको अभाव देखिएकोले ती सबैलाई समेट्न म्याद थप गरेका छौं । हाल सम्म ७ दर्जन नेपाली भाषाको अडियो कविताहरु विश्वका विभिन्न मुलुकहरुबाट प्राप्त भएको साथै राई बान्तावा, तामाङ र अग्रेजी भाषाका कविताहरु पनि अडियोमा प्राप्त भएका छन् ।

२ हप्ता म्याद थपिए अनुसार बिश्वब्यापी अडियो कविता प्रतियोगितामा भाग लिनका लागि आउँदो असार ११ गते तदनुसार जुन २५ तारिख शनिबार सम्म कविता आईपुग्नुपर्नेछ । सहभागि बन्न इच्छुकले gfnl@ymail.com र 00673 8893020 मा मोबाइल म्यासेज वा फोन सम्पर्क गर्न आग्रह छ । कवितालाई अडियोमा बनाउन नसक्नेको लागि आयोजकले शिधै सहयोग गर्नेछ । यस प्रतियोगितामा विजयी प्रथम, दोस्रो र तेस्रोले पुरस्कार क्रमश नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ ।

महासंघले कविता बिधाका बिज्ञ ब्यक्तिहरु रहेको महिला, पुरुष, प्रवास र घरदेशको मिलाएर समावेसी ४ सदस्यीय निर्णायकहरु नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

स्मरण रहोस, यस प्रतियोगिताको सह-आयोजक प्रवासी नेपाली साहित्य समाजले गतबर्ष विश्वब्यापी खुल्ला अडियो गजल प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न मुलकहरुबाट १ सय ७७ वटा गजलहरुको सहभागिता थियो ।
———————————————————————————————————–

साहित्य महासंघले विश्वब्यापी प्रतियोगिता बारे विभिन्न निर्णय गर्यो

ब्रुनाई २८ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता को सम्बन्धमा छलफल गर्न बसेको बैठकले विभिन्न विषयहरुमा निर्णय गर्यो ।

प्रतियोगितामा प्रथम हुनेलाई विनेसाम साउदी अरेविया शाखा र विनेसाम रसिया शाखाले रु २० हजार नगदको प्रायोजन गर्नेछ । दोस्रो स्थान प्राप्त गर्नेलाई नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारले रु १० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएइ च्याप्टरले रु ५ हजार प्रायोजन गर्ने निर्णय गर्यो । त्यस्तैगरि निक्कै खर्चालु मानिएको प्राविधिक पक्षको खर्च प्रवासी नेपाली साहित्य समाज वेलायत ब्रुनाईले गर्ने निर्णय भयो जो अघिल्लो बर्ष विश्वब्यापी खुल्ला अडियो गजल प्रतियोगिताको आयोजक रहेको थियो । प्रायोजनको लागि रकम यहि बैशाख महिना भित्र महासंघको बैंक खातामा जम्मा गर्ने पनि निर्णय भयो ।

प्रतियोगितामा साहित्य महासंघका केन्द्रिय पदाधिकारी पार्षद र सहआयोजक संस्था तथा शाखाका अध्यक्षले प्रतियोगिको रुपमा भाग लिन नपाउने तर अप्रतियोगिको रुपमा रहनसक्ने निर्णय गर्यो । प्रतियोगि कविताहरु धमाधम लिन शुरु गरिएको र पहिलो दोस्रो र तेस्रो चरण गरेर अत्यधिक कवीहरुको सहभागिता गराउने निर्णय भयो । पहिलो चरण बैशाख महिना भित्र दोस्रो चरण जेठ २० गते सम्म र तेस्रो चरण तथा अन्तिम चरण जेठ २८ गते तोकिएको छ । प्रतियोगिताको परिणाम साहित्य महासङ्घ स्थापना तथा भानु जयन्तिको दिन असार २९ गते घोषणा गरिनेछ । उक्त दिन महासंघको सम्पूर्ण शाखाहरुलाई साहित्यिक कार्यक्रम गर्न पनि आग्रह गरेको छ ।

प्रतियोगि कविताहरुको मूल्याङ्कनको लागि यथासम्भव समावेसि रुपबाट कविता क्षेत्रकै अग्रजहरुलाई आग्रह गरिनेछ र नतिजा प्रकाशनपूर्व मूल्याङ्कनकर्ताहरुको नाम गोप्य राखिनेछ । मूल्याङ्कनकर्ताहरुको नियुक्ति कविता संकलनको दोस्रो चरणमा गरिनेछ साथै मूल्याङ्कनकर्ताहरुको समय बापत वहाहरुलाई उपहार स्वरुप नगद प्रदान गरिनेछ ।

रसियाबाट डा. मधु माधुर्य, कतारबाट तीर्थसंगम राई, भानु सुनुवार, मलेशियाबाट दीप दर्शन, इजरायलबाट उमा सुवेदी, साउदी अरेबियाबाट खगेन्द्र अधिकारी, थाइल्याण्डबाट खगेन्द्र पन्धाक, युएइबाट समदर्शि काँइला, इराकबाट रामकृष्ण सुनुवार, ब्रुनाईबाट सुरेन्द्र इङनाम, विश्वास दीप तिगेला लगायतको उपस्थिती रहेको थियो ।

बैठकले महासंघबाट प्रकाशित पुस्तकहरु महासंघको वेवसाइटमा पनि राख्ने साथै महासंघले प्रयोगमा ल्याएको इमेललाई इमेल प्लस बनाउने निर्णय गर्यो । संचालनमा रहेको विश्वब्यापी प्रतियोगितामा सहभागि बनेर फाइदा लिनुहुन तथा कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्नुहुन स्रष्टा शुभेच्छुक सबैमा आग्रह गरेको छ ।
——————————————————————————–

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिनुहोस्

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगितामा तपाई आफू रहेको ठाँउबाटै सहभागि बन्नुहोस । आफ्नै स्वरमा आफ्नो मौलिक कविता रेकर्ड गरि इ-मेल मार्फत हामीलाई पठाउनुहोस । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । रेकर्ड गर्ने प्रविधि र ज्ञान छैन भने तपाईको स्काइपी युजर वा सम्पर्क फोन नम्बर सहित हामीलाई इ-मेल अथवा फोन गर्नुहोस हामी सम्पर्क गर्नेछौ ।

प्रतियोगी कविता टाइप वा स्क्यान गरि फोटोसहित पुरा ठेगाना खुलाएर हामीलाई पठाउनु पर्नेछ । प्राप्त हुने सम्पूर्ण नेपाली भाषाका तथा मातृभाषाका कविताहरु संस्थाको वेवसाइटमा उपलब्ध हुनेछन् । विभिन्न मातृभाषा अन्तर्गत एकै भाषाको ७ भन्दा बढि कविताहरु प्राप्त भएमा छुट्टै मूल्याङ्कन गरि पुरस्कृत गरिनेछ । तपाईको प्रतियोगि कविता आजै इमेल गर्नुहोस ।

पुरस्कारहरु
प्रथम नगद रु २० हजार
दोस्रो नगद रु १० हजार
तेस्रो नगद रु ५ हजार
चौथो देखि दशौलाईः सान्तावना प्रमाण-पत्र

सम्पर्क
इमेलः gfnl@ymail.com, Skype: nepaliliterature,
फोन नं. 00673 8893020/00673 7147209
कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २९ जेठ २०६८ आइतबार ।

आयोजक
विश्व नेपाली साहित्य महासङ्घ www.gfnl.org

सह-आयोजक
प्रवासी नेपाली साहित्य समाज (www.pravasi.com.np) वेलायत/ब्रुनाई
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युएई च्याप्टर
नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतार
विश्व नेपाली साहित्य महासङ्घ, साउदी अरेबिया शाखा
विश्व नेपाली साहित्य महासङ्घ, रसिया शाखा
——————————————————————-

Media Partners

www.freeNepal.com.np
www.nepaliSamachar.com
www.sahityaGhar.com
www.nepalDubai.com
www.hamrosamaj.net

Published notice on Kantipur >>>>

Listen Poems >>>>

प्रतियोगिताको लागि केही प्रावधानहरुः

१. यो बिश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता भएकोले जो कसैले सहभागिता जनाउन सक्नुहुनेछ ।
२. कविता मौलिक हुनु पर्नेछ । आफ्नै ब्यक्तिगत ब्लग वा वेभमा राखिएको कवितालाई सहभागि गराउन सकिनेछ तर अन्य वेभसाइट र पत्रपत्रिकामा पूर्व प्रकाशित कवितालाई सहभागिता गराइने छैन ।
३. प्राप्त कविताहरुलाई www.gfnl.org वेभपेजमा राखिने छ र कसैले प्रमाण सहित पूर्वप्रकाशित भएको भनी दावी गरेमा उक्त कवितालाई अप्रतियोगि अन्र्तगत राखिनेछ ।
४. हामीलाई MP-3, AWA file मा पठाउन आग्रह गर्दछौ तर तपाईको जुन फाइलमा रेकर्ड भएको हो त्यहि प्रकारको फाइलमा पठाउनु भए हुन्छ हामी आवश्यक फाइलमा रुपान्तर गर्नेछौ ।
५. कुनै विवाद भएमा अन्तिम निर्णय आयोजक समितिको हुनेछ ।
६. इच्छुक स्रष्टाले आफ्नो मातृभाषाको गजल बढिमा १ वटा पठाउन सक्नुहुनेछ । एकै मातृ भाषाको ७ वटा भन्दा बढि अडियो कविता प्रतियोगिताको लागि प्राप्त भएमा प्रथम हुनेलाई पुरस्कृत गरिनेछ ।
७. अन्तिम परिणाम घोषणा भएको ३ दिन भित्र मापदण्ड पुरा नभएको वा पूर्व प्रकाशित भनेर दावा विरोध गर्नु पर्नेछ अन्यथा दावा विरोध लाग्ने छैन ।
८. प्राप्त अडियो कविता कुनैपनि एफ. एम. वा वेभ रेडियोबाट प्रसारण गर्न अनुमति भएको मानिने छ । लिखित प्राप्त कवितालाई संस्थाको प्रकाशनमा यथासम्भव राखिने छ ।

बिश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिताका बारेमा केही प्रश्न उत्तरहरु

यो ‘बिश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता’मा कसरी भाग लिने ?
तपाई जुन ठाँउमा हुनुहुन्छ त्यहि नै आफ्नो कविता बाचन गर्नुहोस र त्यो आवाजलाई भ्वाइस फाइलमा सेभ गर्नुहोस र हामीलाई इमेल गरेर पठाउनुहोस । त्यसपछि तपाईले केहीपनि गर्नुपर्दैन । त्यसपछि परिणामको प्रतिक्षामा बस्नुहोस । याद गर्नुपर्ने कुरा के छ भने बाचन गरिएको कवितालाई टाइप गरेर एकप्रति फोटोको साथ gfnl@ymail.com मा इमेल गर्नु पर्नेछ ।

मैले मेरो कविता कहिले पठाउनु पर्छ ?
आजै अहिले नै पठाउन सक्नु हुन्छ । हामीलाई प्राप्त भई सक्नु पर्ने अन्तिम दिन असार ११ गते तदनुसार जुन २५ तारिख शनिबार हो । उक्त दिन नै इच्छुक जो कोहि प्रतियोगि तथा अप्रतियोगि कविता रेकर्ड गराउन चहानुहुनेको लागि पनि ब्यवस्था हुनेछ । आजै पठाउनुहोस पुगि हाल्यो त्यसपछि ढुक्क संग बस्नुहोस ।

कसरी रेकर्ड गर्ने ?
हामीलाई विश्वास छ तपाई संग रेकर्ड गर्ने कम्पीयुटर डेक्टाफोन वा अन्य केही छ अर्थात कतिपय मोबाइलमा पनि रेकर्ड गर्ने सुविधा रहेको हुन्छ । तपाई त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ तर याद गर्नुपर्ने कुरा के हो भने हामीलाई राम्रो गुणस्तरको भ्वाइस चाहिन्छ । कविता सिर्फ प्रतियोगिताको लागि मात्र नभएर यथासम्भव रेडियोहरुमा पनि प्रसारण गर्ने योजना भएकोले हामीलाई राम्रो गुणस्तरको चाहिन्छ ।

मलाई रेकर्ड गर्न आउदैन इमेल गर्न पनि आउदैन तर यो प्रतियोगितामा सहभागि हुने ठूलो रहर छ अब मैले के गर्न सक्छु ?
हाम्रो सम्पर्कमा फोन गर्नुहोस तपाईको आवाजलाई फोन मार्फत हामी रेकर्ड गर्नेछौ । ठाँउ परिथिती र अवस्था अनुसार आयोजक संस्था आफैले पनि फोन गरेर तपाईको कविता रेकर्ड गर्नेछ तर यो सुविधा सिमित ब्यक्तिहरुलाई मात्र उपलब्ध हुनेछ ।

मूल्याङ्कन कर्ताहरु कस्ता रहनेछन ?
सकभर अग्रज र निश्चय नै यहि कविता क्षेत्रका रहनु हुनेछ । मुख्य मूल्याङकनकर्ता जसलाई हामी प्रति कविताको शुल्क बुझाउने छौ l क्षेत्रगत, लिंगगत समावेशि ४ जना सम्मको रहनु हुनेछ भने अन्य पर्यवेक्षक मूल्याङ्कन कर्ताहरु विभिन्न देशान्तरमा रहनु हुनेछ ।

म विजयी भएमा कसरी पुरस्कार प्राप्त गर्न सक्छु ?
तपाईले रकम मात्र तोकिएको खुल्ला चेक प्राप्त गर्नुहुनेछ । यदि तपाई विदेशमा हुनुहुन्छ भने पनि उक्त चेक नेपालमा पठाएर आफन्तलाई झिक्न लगाउन सक्नु हुनेछ । संयोग मिलेमा आउदो अगष्टमा काठमाण्डुमा वितरणको कार्यक्रम रहने छ ।

यति सजिलो र आकर्षक पुरस्कार भएको प्रतियोगितामा धेरैको सहभागिता होला अनि पुरस्कार चाहि ३ जनालाई र उत्कृष्ट १० जनालाई नगद सान्तवना मात्र दिनु न्योचित होला र ?
सहभागिताको आधारमा हामी उत्कृष्ट १० वा १५ वा २० जनाको नाम प्रकाशित गर्नेछौ ।

कविता वाचनको ढाँचा (फर्मेट) कस्तो हुनु पर्छ ?
कविता वाचनको ढाँचा एकदमै सजिलो कायम गरेका छौ । जस्को ढाँचा यस प्रकार रहेको छ – म रामबहादुर सुब्बा ब्रुनाईको सेरियाबाट मेरो गजल यस प्रकार छ……. गजल बाचन पछि धन्यवाद भनेर सिध्याउनु पर्नेछ । फाल्टो कुनै पनि सम्बोधन गर्नु पर्ने छैन ।

यस प्रतियोगिताको अन्तिम परिणाम कहिले हुन्छ ?
योजना मुताविक र प्राविधिक कठिनाई नभएमा भानु जयन्तिको दिन घोषणा हुनेछ ।

6 thoughts on “प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

  1. sir i also want to send som simple poem but i have no any idea for record.can i post with mobile record in my own voice? i had already sent sms but i can not get any result. so that iam waiting to your advice.

  2. Thanks for information. sir i want to sent my poem . please manage for record
    my phone 9851105428

  3. मैले पनि पठाइ सकें। परदेशमा यत्र तत्र छरिइएका सिर्जनाहरू र सर्जकहरूको इतिहांस निर्माण गर्ने जुन सद्कार्य गर्नु भयो यसको लागि हार्दिक धन्यबाद।

  4. Great job keep it up.

  5. Sir, This is a great programme on behalf of poetry. I also had posted a poem in mobile record. later you have asked for a mp3 format and i have send in the requested format. But my name is not in the list. may i know about the cause?

Leave a Reply to krishna prasad Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *