नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)

साईली
तिमीले पठाएको
शुभ-कामना
म स्विकारु कि नकारु ?
ती अक्षरहरु मेटौ कि सजाउ ?
भन
म खुशी हु कि रिसाउ ?
तिमी भन्छौ
नयाँ वर्षको हार्दिक
मंगलमय शुभकामना
तर
खै त नया वर्षहरु ?
म त देख्छु उस्तै दैनिकी
थोत्रो सडकको वेरोजगारी यात्रा ।

पुरानै रितीथिती
न त नयाँ बिचारहरु
न त नयाँ उदेश्यहरु
यस्तो क्षणमा
कसरी स्विकारु
यो नयाँ वर्षका
शुभकामना ?
वास्तबमा
नयाँ वर्षको आगमन भनेको
एउटा युगको आगमन हो
तर खै त ?
न युग परिवर्तन भो
न बिचार परिवर्तन भो
मात्र भित्ताको
क्यालेण्डर परिवर्तनलाई
म नयाँ वर्ष कदापी
मान्नै सक्दिन ।

साईली
अब भन तिम्रो
शुभकामनालाई के गरु ?
च्यातुँ / सजाउँ
जलाउ कि चंगा जस्तै उडाउँ ?
गरिब झन्- झन् गरिब बन्दै गएको बेला
धनी झन्-झन् धनी बन्दै गएको बेला
युग परिवर्तन भो भन्दै
मलाई नयाँ वर्षको
शुभकामना नपठाउ
साईली ।

देश हराउदै गएको बेला
युवाहरु बिदेशीको गुलाम
बन्न बाध्य भईरहेको बेला
कसैले नया वर्ष आयो भन्दा
म त्यसलाई
कसरी स्विकारु ?
दिन दहाडै कसैको ज्यान लिन्छ
नयाँ वर्ष काल बनेर ।
न सुरक्षा,
न सत्यता
कडोडौ भ्रष्ट्रचार हुन्छ देशमा
न कारवाही
न खोजबिन ?
यस्तो बेला तिमी भन्छौ
नयाँ वर्ष आयो ।
यो नयाँ वर्ष हुनै सक्दैन ।

जब सम्म देबमा
शान्ति सुरक्षा र अमनचयनको
मिठो सन्देश आउदैन
तब सम्म देबमा
नयाँ वर्ष आउनै सक्दैन ।
जुन दिन
कर्णालीमा चामल र नुन
बनेर आउछ नयाँ वर्ष
जुन दिन प्रत्येक जिल्लाहरुमा
सुविधा सम्पन्न अस्पताल र क्याम्पस
बनेर आउछ नयाँ वर्ष
अनि जुन दिन
गाउ-गाउमा बिजुली बत्ती र मुल सडक
भएर पुग्छ नयाँ वर्ष
हो त्यही दिन
साईली
तिमीलाई अंगालो भरी बेरेर
भनौला
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।
किनकी त्यती बेला देशमा नयाँ युगको
अनगमन भईसकेको हुने छ ।

– लक्ष्मीपुर-५ ईलाम
हालः मलेसिया

One thought on “नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)

  1. जीतमान राई ‘सबिन’ ज्यु अति राम्राे छ राम्राे लेख छ खुसि लाग्याे पढन पाउदा धन्यावाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *