गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् (बिपुल बिक्रम सिजापति)

गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन्
आँखा तरेझै गर्छिन छातीमा टाँसी दिन्छिन् ।

कहीँ दौडदै लोदुँ म नयन भिज्छ उनको
हर चोटको दुखाई मुटुमा गाँसी दिन्छिन् ।

दुवै लोचन मुदित आतुर खुसी संगाल्न
मेरा माधुरी बचन्मा जिन्दगी भासी दिन्छिन् ।

ढाकी सप्कोले हर्दम मेहरो सरी धूपमा
आफ्नै रगत जलाई औडाहा मासी दिन्छिन् ।

आमा बिहत छातीमा मल्हम बनी सधैँ नै
भरी लेपन स्नेहको संकष्ट नासी दिन्छिन् ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *