सूचना

साहित्य महासंघको तेस्रो बैठक आज

ब्रुनाई, विश्व नेपाली साहित्य महासंघको तेस्रो बैठक नेपालको समय अनुसार आज बेलुकी बस्ने जनाईएको छ ।

आज सम्पन्न हुन लागेको बैठकले महत्वपूर्ण विषयहरुमा निर्णय गर्ने बताईको छ । बैठकले महासंघको सचिवालयको घोषणा, नेपाल सम्बन्धि सुचना सुधार कार्यदलमा सदस्यहरुको थप र विश्वभरका साहित्यकार, साहित्यिक संघसंस्था संग जोड्ने गरि बिश्वब्यापी प्रतियोगितात्मक कार्यक्रमको आयोजना सम्बन्धमा छलफल तथा निर्णय गर्ने जनाइएको छ ।

महासंघको तर्फबाट विभिन्न स्रष्टा तथा साहित्यिक संघसंस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने सम्बन्धमा सुझाव पेस गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको शुरुवात र अन्तमा अघिल्ला बैठकहरुमा झै सिर्जना बाचन कार्यक्रम समेत राखिएको जानकारी प्राप्त भएको छ ।

बैठकको लागि सम्पूर्ण पदाधिकारी पार्षदहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । महासंघको नियमित बैठक अनलाइन स्काइपीमा हुने गर्दछ र बैठकको बारे विस्तृत जानकारी महासंघको आधिकारिक वेवसाइट www.gfnl.org मा हेर्न सकिनेछ ।

2 thoughts on “सूचना

  1. २८ मार्च ११ का दिन सम्पन्न हुन गईरहेको वैठकमा छलफलको लागि (प्रस्तावित) प्रस्तावहरु

    १. अघिल्लो बैठकको निर्णय तथा कार्यन्वयन समिक्षा
    २. सचिवालय घोषणा सम्बन्धमा
    ३. सुचना सुधार कार्यदल थप सम्बन्धमा
    ४. पुरस्कार तथा सम्मान सम्बन्धि अवधारणा पत्र प्रस्तुत
    ५. साहित्यिक प्रतियोगिताको आयोजना सम्बन्धमा
    ६. शाखालाई क्रियाशिल बनाउने तथा शाखा विस्तार सम्बन्धमा
    ७. आर्थिक संरक्षक र आजीवन सदस्यता वितरण सम्बन्धमा
    ८. अर्को बैठक सम्बन्धमा

    सबैले स्काइपीको लागि बैठक अगावै महासंघको युजर User: nepaliliterature जोड्नुहोला र यसपटकको बैठकमा पहिलो पटक सहभागि बन्नुहुनेले स्काइपी प्रयोगको अनुसासनलाई पालन गर्नुपर्नेछ । बैठक अगावै स्काइपीको परिक्षण गर्न सक्नुहुनेछ ।

  2. कार्यक्रम तालिका

    १. साझ ६.१५ नेपाल समय मा स्काइपी खुल्ला अनौपचारिक गफगाफ
    २. पहिलो चरणको सिर्जना बाचन
    ३. वैठक सभापतिको आसन ग्रहण
    ४. वरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर प्रति १ मिनेट शुन्य समय
    ५. विभिन्न प्रस्तावहरु माथि छलफल
    ५.१. अघिल्लो बैठकको निर्णय तथा कार्यन्वयन समिक्षा, महासचिवबाट
    ५.२. साहित्य महासंघको सचिवालय घोषणा, अध्यक्षबाट
    ५.३. सुचना सुधार कार्यदल थप सम्बन्धमा, महासचिवबाट
    ५.४. पुरस्कार तथा सम्मान सम्बन्धि अवधारणा पत्र प्रस्तुत, प्रतिवेदन संयोजक तिलक मल्लबाट
    ५.५. साहित्यिक प्रतियोगिताको आयोजना सम्बन्धमा, कोषाध्यक्ष सुरेन्द्र इगनामबाट
    ५.६. शाखालाई क्रियाशिल बनाउने तथा शाखा विस्तार सम्बन्धमा
    ५.७. आर्थिक संरक्षक र आजीवन सदस्यता वितरण सम्बन्धमा कोषाध्यक्षबाट
    ५.८. अर्को बैठक सम्बन्धमा
    ६. दोस्रो चरणको सिर्जना बाचन
    ७. सभापतिबाट बैठक विषर्जनको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *