शङ्खघोष गर्छु म (भावना परिष्कृत सुनुवार)

शङ्खघोष गर्छु म पूजाको दीयोदेखि कपडामा सियो म नारी भोकमा मिठो फलदेखि प्यासमा चिसो जल म नारी जननी हुँ म सृष्टिको अपार शक्ति संहारिणी धारणा हु म अमर तत्व प्रेमको सफल विशाल कार्यकारिणी समर्पिता म आफैलाई भुलेर अरूको खुशीमा आफ्नो भागको सुख अर्पण गर्दै निर्मल मनको जलधाराले कोमल मृदवाणी कुशल व्यवहार समर्पण गर्दै सत्यको प्रतिमूर्तिContinue reading… शङ्खघोष गर्छु म (भावना परिष्कृत सुनुवार)

घाम जून झलमल (रबिन्द्र दिखुक्पा राई)

घाम जून झलमल छाओस भन्छु म शान्तिसंगै संबिधान आओस भन्छु म खडेरी अभावको कवाडी बजारमा पेटले अलिनो खान पाओस भन्छु म   राष्ट्रियताको कफन बाधी मेचीकाली यो नेपाली शीर उचाली गाओस भन्छु म   रस्तिबस्तीको फोहर मैला दुःख पीडा भेल बाढी झरीसंगै जाओस भन्छु म   एउटा नेपालीलाई घाउ चोट लाग्दा अर्कोले मलम पट्टी लाओसContinue reading… घाम जून झलमल (रबिन्द्र दिखुक्पा राई)

Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

(जसलाई केहीदिन अघि मात्र Facebook हेरेको अभियोगमा सिरियाको अदालतले ढुङ्गाले हानेर मार्ने आदेश दियो । अदालतको आदेश अनुसार ढुङ्गा हानेर मारियो । उनी २० बर्षकी मात्र थिइन् ।) कविता धर्मको नाममा ढुङ्गा ओढेर बस्नेहरू विस्वासको नाममा ओडार युगमा बाँच्नेहरू यो विश्वको उज्यालो देखेका छैनौ म तिमीहरू विरुद्धमा रातो कलमले कविता लेखिरहेको छु जतिखेर मैले FatoumContinue reading… Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

मैले भोगेको कोरिया (प्रगति राई)

प्रिय ! मैले ‘हरियाली कोरियासँग’ भनेर प्रेमपत्र लेखेको थिएँ तिमीले त ‘हारियो कोरियासँग’ भन्ने पढेछौ क्यारे ! जवाफ कहिल्यै लेखेनौ । छुट्नुको पीडा लेख्दिनँ म रुनुको पीडा लेख्दिनँ म दुनियाँले लेखेको कुरा लेख्दिनँ म सुनेथेँ – मैले घर छाड्दा सबैभन्दा धेरै पीर गर्ने मेरा जोरीपारीहरू थिए रे ! साँच्चै ! मेरा दिदीबैनीले विदाइको बेला लगाइदिएकाContinue reading… मैले भोगेको कोरिया (प्रगति राई)

“शब्द, शैली र छन्दसङ्ग सून्दर शब्द पैंचो” (शोभा खतिवडा काफ्ले)

शैली, छन्द र शब्दको अबिरलै, त्यो दिब्य गंगा बहोस शब्द छन्द बनोस र छन्द हरुको, झरना सरी गीत बगोस शब्दै छन्द बनोस र शैली हरुको, सून्दर बखानै चलोस मेरा शब्दहरु साहित्य नभमा, पूजा बनेर चढोस शैली छन्द र त्यो नि शब्द बीचको, सून्दर छटाझै बनोस निला यी मसीका सबै पदहरु, फूलको थुङ्गो झैँ फूलोस निलाContinue reading… “शब्द, शैली र छन्दसङ्ग सून्दर शब्द पैंचो” (शोभा खतिवडा काफ्ले)

कथा ‘कब्जा’ (लेखनाथ काफ्ले)

साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया । साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति नै छैन । ‘बूढो भैइएछ क्यारे !’ सधैँ बिहान उसले एक्लै गन्गनाउने यिनै शब्द हुन् । आजContinue reading… कथा ‘कब्जा’ (लेखनाथ काफ्ले)

ईश्वरसँग सह-अस्तित्वको सम्झौता (रमेश कडेल)

ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु र गुरुकुलका केही सदश्यहरु मलाई लम्पसार पर्न आघोष गर्छन। अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा विरुढ मनमा एकपक्षिय प्रहार गर्छन् फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि आफ्नो आफैद्वारा हत्या गरी लाश फ्याँकिने जग्गाहरुमा कहिल्यै बिसर्जित गराउने छुइन र नगराउन आग्रह पनि ईश्वरहरु सँग मैत्रीContinue reading… ईश्वरसँग सह-अस्तित्वको सम्झौता (रमेश कडेल)

इर्श्या गरेर अर्काको (सपना गौतम)

गरेरै ईष्या अरु कसैको, जलिन कहिल्यै लडेनी बिघ्न र बाँधासँग, ढलिन कहिल्यै सबैले ताप्दा रहेछन् ताप, बलेकै आगोको एकपल्ट जले तथापि, फेरि बलिन कहिल्यै आफन्त को पर्राई को, चिनिन कसैलाई डुबाए पनि नूनमा मलाई, गलिन कहिल्यै । के लेखिएको थियो कुन्नी, छैठीमा भाविले जे लेखिए पनि मन विरुद्ध, चलिन कहिल्यै जन्मिदै आँत मरेको, एउटा विरुवाContinue reading… इर्श्या गरेर अर्काको (सपना गौतम)

पल्टनघर (संजिव राई ‘पारदर्शी’)

बुद्ध जस्तै त्यागिहरुको बास हो पल्टनघर परिवार र आफन्तको स्वास हो पल्टनघर पूर्वदेखि पश्चिमको गोर्खाली मिलेर बसेको वीरयोद्धाहरुको क्यानभास हो पल्टनघर संसार निल्न खोज्ने कठोर आतंकबादको चिहान खन्ने भयानक त्रास हो पल्टनघर बाघको मुखबाट शिकार खोसि देश लान्छन साच्चिकै नेपालीको मिठो गाँस हो पल्टनघर – वेलायत

तिम्रो नाम जप्दै हिडने पागल भाको छु (शेर्पीनी कान्छी)

आज भोलि रुने होइन हास्ने भाको छु तिम्रो नाम जप्दै हिडने पागल भाको छु। मनलाई ढुङगा बनाउदै धेरै टाढा राखेको छु नाटक रैछ जीवन आफ्नै मनलाई ढाटेको छु तिम्रो यादमा एकान्तमा हराउने भाको छु आधा रातमा बिम्जेर एक्लै कराउने भाको छु। माया गरे बदलामा ठुलो उपहास पाएछू सबैले चिन्ने पागल नाम उपहार पाएछु गल्लि चोकContinue reading… तिम्रो नाम जप्दै हिडने पागल भाको छु (शेर्पीनी कान्छी)