घाम नडुब्दै भेट्नु सखी! (दिप्स शाह)

घाम नडुब्दै भेट्नु सखी! अन्धकारको के भरोसा जहाँ छाँया समेत मेटिन्छ त्यहाँ मायाको कती ग्यारेन्टी होला?? घामको बैजनी किरण तिम्रो मुहारमा पोतिँदाको आभा दुइआँखा भरि भरि नियालेर म त्यही आक्रिती मनको क्यानभासमा कोर्न सकुँ ताकी जिन्दगीका भयानक अन्धकारमा पनि देखिरहुँ तिमीलाई झल्मल सम्झनाको नियास्रो नेपथ्यमा, याचनै सम्झ बरु तर बिन्ती! घाम नडुब्दै भेट्नु सखी! अन्धकारकोContinue reading… घाम नडुब्दै भेट्नु सखी! (दिप्स शाह)

प्रश्न (राजेन्द्र पहाडी)

उसले मलाई सोध्यो मान्छे के हो जीवन के हो धर्म के हो कर्म के हो राख्यो उसको धारणा पोख्यो उसको वेदना र सोध्यो महाशय म मान्छे बन्न सकें कि सकिन मान्छेको धर्म मान्छेको कर्म व्यापार र मिसावट राजनीति र गिरावट धोका खाएर बसें कुण्ठा साँचेर बसें धेरै पटक जितें धेरै पटक हारें जित र हारकोContinue reading… प्रश्न (राजेन्द्र पहाडी)

माया भएर त फर्की आएँ (राकेश कार्की)

(गजल) माया भएर त म फर्की आएँ बृष्टी भन्दा छिटो दर्की आएँ जागिर थियो गाडी थियो त्यैपनि खुशी नभई सुखसितै तर्की आएँ ठूलो शहर कान फूट्ने आवाज रीतिरिवाज देखि झर्की आएँ रहरले हैन बाध्यताले पसिना विदेशी भूमीमा छर्की आएँ आमाको स्नेहले यस्तरी तान्यो सद्दे लिएर गा’को मुटु चर्की आएँ – लस् एन्जेलस्

नयाँवर्ष (खगेन्द्र अधिकारी)

बसन्तको विहानीमा पवनले छुन सकोस् नयाँवर्ष नेपालीको सुखमय हुन सकोस् अमृतको बर्षा होओस् नेपालीका शिरशिर्मा रिसराग कटुतालाई ममताले धुन सकोस् – साउदी

नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)

साईली तिमीले पठाएको शुभ-कामना म स्विकारु कि नकारु ? ती अक्षरहरु मेटौ कि सजाउ ? भन म खुशी हु कि रिसाउ ? तिमी भन्छौ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना तर खै त नया वर्षहरु ? म त देख्छु उस्तै दैनिकी थोत्रो सडकको वेरोजगारी यात्रा । पुरानै रितीथिती न त नयाँ बिचारहरु न त नयाँ उदेश्यहरुContinue reading… नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)

गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् (बिपुल बिक्रम सिजापति)

गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् आँखा तरेझै गर्छिन छातीमा टाँसी दिन्छिन् । कहीँ दौडदै लोदुँ म नयन भिज्छ उनको हर चोटको दुखाई मुटुमा गाँसी दिन्छिन् । दुवै लोचन मुदित आतुर खुसी संगाल्न मेरा माधुरी बचन्मा जिन्दगी भासी दिन्छिन् । ढाकी सप्कोले हर्दम मेहरो सरी धूपमा आफ्नै रगत जलाई औडाहा मासी दिन्छिन् । आमाContinue reading… गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् (बिपुल बिक्रम सिजापति)

हिउँ जोगाऊ (श्याम रिमाल)

ए, हिउँ पग्लिँदैछ हिमाललाई समाऊ शिवत्व जोगाऊ हिउँ पग्लेर हिमताल हिमताल फैलेर विस्फोट हिमनदी सुकेर खडेरी हिमाल खस्किएर कालो चट्टान ए हिमालको चुली बचाऊ हिउँको घर जोगाऊ हिउँको थुप्रोले त खिचेको छ मन शान्त स्थिर र अविचल कालो पहाडमा कहाँ हुन्छ मन जित्ने जादु किन फुट्दैनन् जमेका चिसा मनहरु किन पग्लनन् रुखा हिउँ छातीहरु निर्दोषContinue reading… हिउँ जोगाऊ (श्याम रिमाल)

तालुमा आलु फल्यो (श्रीजन श्री)

तालुमा आलु फल्यो नभन्नू । पानीमा आगो बल्यो नभन्नू । रोए नि पथ्थर फूलले हान्दा यो मुटु मेरो गल्यो नभन्नू । मरेर बाच्दै, बाचेर मर्दै जिन्दगी कस्तो चल्यो नभन्नू । फलेर भीरमा, उधो न उभो भाग्यले मलाई छल्यो नभन्नू । रावणकी लंका, नढल्दा सम्म सुमेरु पर्वत ढल्यो नभन्नू । – कृष्णपुर २, काचनपुर महाकाली अनाममण्डली,Continue reading… तालुमा आलु फल्यो (श्रीजन श्री)

किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)

आः बैसोल्वाङ ठेभाता ब्वाइनुम वाम्बिर आः पापा-मामाङ बैसो कुर्चो वाम्बिर आः उपो-उमोङ बैसो इबिल्वास बाःम गुप्सो उपो-उमोतिड गुजि उपो-उमोतिड वाम्बिरन्वा आन बैसो याबिमेइ वाम्बिरङा फुरीस्याङ ब्वाइम्मेइ वाःवाःम् निक्खो निक्खो ब्वाइम्मेइ बैसो भोरी भोरी चाप्सि ब्वाइम्मेइ वाम्बिर आन् बैसो- फुरी फुरी दुम्मेइ द्यालपाङसे आन बैसोख्वा कुल्सुमेइ वाम्बिरस्याङ फुरीङ ङाबास्याङ हिनिनिउ हिनिनिउ भाताला सर्गा भाइला च्याङ्माखा खाचिलContinue reading… किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)

फिजायौ जाल (बिमल गिरी)

(गीत) फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा चालिरहे पाइला एक्लै पिडाबोकी मौन रुदै जीबनभरी तनाब दियौ गाठोपर्छ मन सधैं सहे कैयौ बाणहरु झुक्किएर विश्वास गर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा दोसी सम्झी आशु दियौ पोलिरने बिष होकी बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी टुसाएन खुशीहरुContinue reading… फिजायौ जाल (बिमल गिरी)