कविता शर्मा

यो मुटुमा पिर व्यथा सल्किने पो होकि आखावाट आसु बनि छल्किने पो होकि कथा सुन्दा यौटै लाग्थ्यो हामीहरु सबको घाटी भन्दा हाड ठुलो अड्किने पो होकि गार्हो पर्छ की त माया साची राख्नलाइ निर्गतिलो संबन्ध नै खड्किने पो होकि सम्झननि डर लाग्छ समाज को रिति सपनिमा बिउझे झैँ झस्किने पो होकी – इजरायल

प्रेमको मृत्यु (सागर अजनबी)

कस्तो तिम्रो मन ? समुन्द्रको छाल हावाको लहर अथवा जुनेलीको जुन ? तिमी प्रेम लाइ परिभाशित गर्छौ तर मैले तिम्रो प्रेम लाई बुझ्न सकिन वास्तबिकतामा कस्तो तिम्रो प्रेम ? टर्‍ओ , अमिलो , पिरो या गुलियो जरुवाको पानी जस्तै भुतल मा बहीरहेछौ म खहरेको डिल मा बसेर तिमी लाई पर्खि रहेछु यथार्थमा तिम्रो सम्पुर्ण शरिरContinue reading… प्रेमको मृत्यु (सागर अजनबी)

आमाको आग्रह (आनन्द श्रेष्ठ)

(कविता) पख न छोरा मलाई यति खेर दुष्टहरूले बलात्कार गरिरहेका छन् र म चाहन्न म बलात्कृत हुँदा कोही गर्भमा रहुन् म चाहन्न कोही दुष्ट मेरो छोरा भएर जन्मियुन् म गर्भपात गराउन चाहन्न, र म अहिले बलात्कृत हुनबाट बच्न सकेको छैन, यतिखेर तिमीलाई एउटा नेता चाहिएको छ नभन बुद्ध जन्माऊ आमा म सक्दिन बुद्ध जन्माउन, नभनContinue reading… आमाको आग्रह (आनन्द श्रेष्ठ)

एउटा तिम्रो निम्ति (गीता पन्थ)

सबै सबै त थियो मसँग हेर न एउटा तिम्रो निम्ति कति धेरै आफन्तहरुका छाडेर आएँ गुराँस, हिमाल, पहाड, पाखा पखेरा कति गर्नु तिनीहरुका कुरा सबै सबै त थियो मसँग घाम आफ्नै घाम उदाउने खुला छानो माया अभिसिंचित उर्वर माटो संस्कारका नालीबेली नदीहरु भाइचाराले लहलह झुल्ने मनको फाँट अपनत्वको ढकमक्क सयपत्री के थिएन हँ मसँग ?Continue reading… एउटा तिम्रो निम्ति (गीता पन्थ)

दसैँ (बासु ढकाल)

दसैँ………………… प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो दसैंको चाहना नमेटिदै थुप्रै मानवीय टाउकाहरु बलि चढे थुप्रै सिऊँदोहरु उजाडिए तर सिंगो देशमा कहिल्यै दसैँContinue reading… दसैँ (बासु ढकाल)

प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)

एउटै गाउँमा ३-४ वटा लिङ्गे पिङ्गहरु मच्चिदै होलान् । ठाउँ ठाउँमा विशेष मेलाहरुको आयोजना गरिदै होलान् । आयोजकहरु मेलालाई राम्रो बनाउन योजना बनाउदै होलान् । युवायुवतीहरु मेला आउने दिन गन्दै होलान् । बेसीमा धान झुलेका होलान्, खेतमा मकै सुकेका होलान् । सबै किसानहरु खुशी भैरहको बेलामा ठ्याक्कै आईपुगेको छ यो वर्षको दशैं तिहार ! चिसोContinue reading… प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)

फर्क अब (मनोज काफ्ले ‘मनसुन’)

ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर l फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो l(१)l न भनि गयौ परदेश जान्छु न खबर पठायौ भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ l खान र लाउन पुगेकै थियो मेला र पातले यो छातीContinue reading… फर्क अब (मनोज काफ्ले ‘मनसुन’)

यमुनाकोजीवन संघर्ष र डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)

कथा ´´सेबिका ,कस्तो छ बिरामीको प्रेसर अनि औषधी समयमा दिनु नि रगतको व्यबस्था भै सकेको छ , म भरे बेलुकी आउदा बिरामीको होश आउनु पर्छ नि ?´´ ´´हुन्छ डाक्टर यसोदाजी , म पनि आज छिट्टै निस्कने काम थियो बरु सुपे .शिला हुनुहुन्छ आज रातको ड्यूटीमा हजुरले एक पटक उहालाई खवर गर्नु हुन्छ कि? उहा आउनुContinue reading… यमुनाकोजीवन संघर्ष र डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)

कल्पनाको बास (खेम साम्पाङ्ग एकतप्पे)

कविता एकबारको कल्पना गरेर नियालिरहेछु संसारलाई अनि म कल्पनाको बास खोज्दै भौतारिरहेछु आफै तर कहिल्यै बास पाएन निद्राले काल्पनिक बास निद्रामै बसिरहेछु त्यसैबेला घेर्छ मलाई विप्लवको धुवाँले चारैतिरबाट । ती सुगन्धित धुवाँ आज २१ औं शताब्दीले गर्दा दुर्गन्धित भएछ कताकता असजिलो भयो मलाई संसार मसँग नमिलेको हो कि ! म संसारसँग … खै ! पत्तैContinue reading… कल्पनाको बास (खेम साम्पाङ्ग एकतप्पे)

मान बहादुर के सि (मुस्कान)

सँगै जिउछौ सँगै मर्छु भन्नेहरु पराई हुँदा समालिनै गार्हो भयो पहाड पनि तराई हुँदा दुई मुटुको एउटै धड्कन चल्न पनि असजिलो आफ्नै मनको डेरा पनि अन्तै बसाई सराई हुँदा – सँगमटोल टि. न. पा. ७ कैलाली हाल: सिल्बासा, भारत