आत्महत्याको पत्र (समदर्शी काइँला)

आफ्नो भएभरको जायजेथा आँशु पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न बहुरङ्ग सपनाको हाटमा जादा पिन सुक्रीबिक्री फरिफार्छे नभएर यो नियाँस्रो आइतबार समसाँझ म मरुभूमिको लामो पच्याङबाटो हिडेर एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु। र चिद्वैषम्यताले एकोहोरो सोचिरहेछु जीवन फगत काकाकूलको तिर्खैतिर्खा जीवन फगत मृगमरीचिकाको गिर्खैगिर्खा। मेरो म को अस्तित्वContinue reading… आत्महत्याको पत्र (समदर्शी काइँला)

विवाहित कविता (विक्रम सुब्बा)

कविको आँशु  र रगतबाट नयाँ कविता जन्मिई जमानाको खहरेमा उ हुर्की, बढी र जवान भई जवान कवितालाई आफ्नै छातीमा छाप्न अतृप्त सम्पादकहरू आतुर भए जवान कवितालाई आघउँन्जेल दिमागले चाट्न लाठे पाठकहरू पत्रिका पसलहरूमा तैनाथ भए छिप्पट समालोचकहरू तत्पर भए जवान कविताका अंगअंगको रस-चर्चा गर्न यतिकैमा, जवानीले ठीक उद्देश्य भेटेझैँ एकदिन कविताको बिहे भयो र, उContinue reading… विवाहित कविता (विक्रम सुब्बा)