Category Archives: Notice

सूचना

सूचना

साहित्य महासंघको तेस्रो बैठक आज ब्रुनाई, विश्व नेपाली साहित्य महासंघको तेस्रो बैठक नेपालको समय अनुसार आज बेलुकी बस्ने जनाईएको छ । आज सम्पन्न हुन लागेको बैठकले महत्वपूर्ण विषयहरुमा निर्णय गर्ने बताईको छ । बैठकले महासंघको सचिवालयको घोषणा, नेपाल सम्बन्धि सुचना सुधार कार्यदलमा सदस्यहरुको थप र विश्वभरका साहित्यकार, साहित्यिक संघसंस्था संग जोड्ने गरि बिश्वब्यापी प्रतियोगितात्मक कार्यक्रमको आयोजना सम्बन्धमा छलफल तथा निर्णय गर्ने जनाइएको छ । महासंघको तर्फबाट विभिन्न स्रष्टा तथा साहित्यिक संघसंस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने सम्बन्धमा सुझाव पेस गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । >>>

विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना

श्रीमान पदाधिकारी तथा सदस्य ज्यू, साहित्य महासङ्घ के. समिति, यस विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समसामयिक विषयमा छलफल गर्नको लागि नियमित बैठक निम्न मिति, समय र इसम्पर्कमा सम्पन्न हुने भएकोले उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । बैठक मिति: २८ फेब्रुवरी २०११ तदनुसार १६ फल्गुण ०६७ सोमबार, समय: बेलुकी ६.३० बजे नेपालको समय, इसम्पर्क: Skype: nepaliliterature, Facebook: gfnl, E-mail: gfnl@ymail.com (Yahoo.com) बैठकमा छलफलको लागि आ-आफ्नो विषय (Meeting Agenda) २७ फेब्रुवरी ११ भित्र पठाई सक्नु पर्नेछ । थप जानकारी शोधपुछ तथा अपटुडेटः Phone: 00673 8893020/0079104682871 जय नेपाली साहित्य, विश्वास दीप तिगेला >>>

संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको  विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन

संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन

उदाउदोतारा साहित्य समाज (साहित्य महासंघ सम्बद्ध) पेनाङ, मलेशियाको दोस्रो साहित्यिक प्रकाशन संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण स्रष्टा/द्रष्टा लगायत ईच्छुक सबैमा उपस्थितको लागि अनुरोध छ । मितिः २०११/०२/०४ शुक्रबार समयः दिनको १२ बजेबाट स्थानः सीतल ईन्टरप्राईजेजको सभाहल, पेनाङ रोड, कोमतार

पोर्चुगलमा साहित्य अनुरागीहरुको भेटघाट हुने

विश्वभरका विभिन्न मुलुकहरुमा छरिएर रहेका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति तथा नेपाली साहित्यको विकास विस्तार सुधार र सम्बर्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न स्थापना भएको विश्व नेपाली साहित्य महासघंको पोर्चुगलमा समेत शाखा निर्माण गर्ने कार्यक्रम रहेको छ। आगामि जनवरी ९ तारिख आइतबारका दिन साहित्यिक कार्यक्रम सहित सम्पन्न हुने उक्त भेटघाट तथा शाखा गठन कार्यक्रममा आफ्ना रचनाहरु सहित उपस्थित हुन विश्व नेपाली साहित्य महासघंका केन्द्रिय सदश्य भीम के सी कमलले पोर्चुगलमा रहेका सम्पूर्ण साहित्य अनुरागीज्यूहरुलाई हार्दिक >>>

बेल्जियमका साहित्यिक अनुरागी ज्यूहरुलाई सुचना

बेल्जियमका साहित्यिक अनुरागी ज्यूहरुलाई सुचना

विश्वभर बिस्तार हुदै गएको विश्व नेपाली साहित्य महासघंको बेल्जियममा शाखा निर्माण गर्ने कार्यक्रम रहेकोले बेल्जियममा रहनुभएका सम्पूर्ण साहित्यिक अनुरागी ज्यूहरुलाई निम्न मिति र स्थानमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ l स्थानः Everest Basecamp Restaurant Hogeschoolplein 9 /10 3000 Leuven Belgium मितिः २७ अक्टोवर २०१० समयः दिउसो 4 बजे – छलफल समुह

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com र http://quizmaster.blogsome.com मार्फत सार्वजनिक गरिनेछ । यस प्रतियोगिताको बारेमा जानकारी तथा अनलाईन हाजीरी जवाफ प्रतियोगीताको प्रश्नहरु प्रकासीत गरेर यस कार्यक्रमको मिडिया पाट्नर हुन चाहाने अनलाईन मिडिया तथा छापा मिडियाहरुलाई पनि अनुरोध गरिएको छ । आगमी लक्ष्मी >>>

महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेको छ

सूचना आदर्णिय सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु विश्व नेपाली साहित्य महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेका छन् । तत्कालै गर्नुपर्ने कामहरुको सम्बन्धमा विविध बुंदाहरु उपर छलफल गर्नुपर्ने भएकोले निम्नअनुसारको मिति र समयमा महासंघ केन्द्रिय समितिको पहिलो वैठक बस्नेछ । उक्त बैठकमा केन्द्रिय समिति पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य र यथासम्भव केन्द्रिय पार्षद ज्यूहरुलाई पनि उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । समयः नेपालको समय बेलुकी ठिक ६ बजे त्यसबेला अमेरिकामा विहानको ८ बज्नेछ भने ब्रुनाईमा वेलुकीको ८ बजेको हुनेछ । find time here http://www.timeanddate.com/worldclock/ बैठक हुने मिति १४ अगष्ट २०१० >>>

महासंघलाई ल्याउन प्रत्येक्ष अप्रत्येक्ष योगदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद

आदरर्णिय सम्पूर्ण पदाधिकारी ज्यूहरु साहित्यिक अभिवादन हाम्रो महासंघ स्थापनाको घोषणा भएको लगभग १ महिना पुग्न लागेको छ । नेपाल लगायत संसारभरका नेपालीहरुमा यस महासंघ स्थापनाको समाचारले खुसिको तरङ्ग ल्याएको छ । त्यति नै दायित्वहरु बढ्दै गएको छ । यहा सम्म महासंघलाई ल्याउन प्रत्येक्ष अप्रत्येक्ष योगदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । यहाहरुलाई विदितै छ घोषणा भएको २ महिना भित्र हामीले हाम्रो समितिलाई पुन मिलाइने छ भनि घोषणा मै उल्लेख गरेका थियौ । सहि ब्यक्तिलाई सहि जिम्मेवारी दिने हाम्रो पहल हो साथै रिक्त्त स्थानमा पदपूर्ति पनि गरिनेछ । बाँकी देशहरुबाट >>>

निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्न सूचना

सूचना यस महासंघको कार्यक्षेत्र विश्वब्यापी भएको र भौतिक सशरिर एकै ठाँउ उपस्थिती हुन सक्ने अवस्था नभएकोले अहिलेको शसक्त र प्रभावकारी माध्याम प्रविधिलाई अधिकतम प्रयोग गर्नु नै एकमात्र उत्तम विकल्प भएकोले संसारभरीका हाम्रा अन्तर्राष्ट्रिय केन्द्रिय समिति सदस्य, पार्षद सदस्य लगायत सम्पूर्ण स्रष्टा र शुभचिन्तकहरुलाई निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्नुहुन अनुरोध गर्दछौ । संस्थाको वेभपेज: www.nepaliliterature.org संस्थाको इमेल: nepaliliterature@ymail.com महासंघको अडियो तथा भिडियो कन्फिरेन्सको लागि: Skype User: nepaliliterature and (alternative): User: biswas20 सामाजिक संजाल ठेगाना फेसबुक Facebook.com User: nepaliliterature फोन नं. +7 910 468 28 71 (मस्को) +60102950671 (मलेशिया) +977 9851056355 >>>

Page 3 of 4«1234»