Category Archives: News

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

गत १५ जनवरी २०१५ का दिन साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ समितिको अध्यक्ष कृष्ण कहादुर सर्तुगे, उपाध्यक्ष बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सहकोषाध्यक्ष सुरज सिलवाल र सदस्यहरुमा सुदिप लामिछाने, निर्मान धर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी, विष्णु पङ्गेनी, सुमन पुन र नन्दराम खड्का चयन हुनुभएको छ भने सल्लाहकारहरुमा सूर्यबिक्रम याख्खा, कमल शाही, डोरबहादुर कार्की, जैवी राई र चेत गुरुङ रहनु भएको छ । सन् २०११ मा उत्कृष्ट शाखा घोषित यस शाखाको >>>

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा राष्ट्रिय स्तरमा गठन भएको छ । समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीप खराल (मोगोक), कोषाध्यक्ष देवेन्द्र रिजाल (माण्डले), निरिक्षक मोती गुरगाँई (याँगौ), र होमनाथ ढकाल (मिचिना) रहनु भएको छ भने सल्लाहकारहरुः बालकृष्ण रीजाल (मिचिना), खिम बहादुर बुडाथोकी (याँगौ), बिष्णु पंथी (याँगौ), दशरथ घिमिरे (टमू), हुताशन पोख्रेल (मोगोक) >>>

विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन

विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन

गत २७ नोभेम्बर २०१४, का दिन साहित्यप्रेमीहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा निर्माण गरेको छ । अष्ट्रेलिया शाखा समितिको संयोजकमा बिष्णु चापागाई चुनिनु भएको छ भने सदस्यहरु क्रमशः निरन्जन शर्मा, युवराज गिरी, डिल्ली गैरे र अनु चापागाई रहनु भएको छ ।

साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन

साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन

गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न नियमित मासिक बैठकले यस बर्षको साहित्यिक दुत सम्मान र उत्कृष्ट शाखा, उत्कृष्ट सदस्य घोषणा साथै शाखाहरुबाट केन्द्रमा मनोनित गरयो । विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । नेपाली साहित्य दुत सगरमाथा सन् २०१४ कृष्ण प्रकाश श्रेष्ठ (मस्को रसिया), नेपाली साहित्य दुत कन्चनजंघा सन् २०१४ सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्य दुत लोत्से २०१४ कपिल अधिकारी (ताइवान), >>>

विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

नया दिल्ली । ३ नोभेम्बर २०१४, नेपाली नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने दार्जीलिङका दुई जना श्रष्टालाई भारतको राजधानी नया दिल्लीमा सम्मान गरिएको छ । विश्व नेपाली साहित्य महासंघ भारतले दार्जीलिङका कवियत्रीद्वय साङमु लेप्चा र निना राईलाई सम्मान एवम् अभिनन्दन गरेको हो । साहित्यकार उत्तरकुमार क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य लेखनको क्षेत्रमा तीन दशकदेखि सक्रिय लेप्चा र राईलाई सम्मान गरिएको हो । सम्मानित दुवै श्रष्टा दार्जीलिङमै शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । सफदरजङगस्थित गोर्खा भवनमा आयोजित कार्यक्रममा कवि तथा गजलकारहरुले आ–आफ्ना सृजना वाचन गर्नु भएको थियो । सम्मानपछि बोल्दै >>>

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ । केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ । स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकार तथा नाट्य कलाकार समिर हाङवाङ जर्जरको नेतृत्वमा पहिलो तदर्थ समिति निर्माण भएको थियो । विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोला

प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान

प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान

रोशन मेवाहाङ, फोक्सटन, बेलायत, गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरेको थियो । उक्त कार्यक्रममा मशासङ्घका अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म निर्मात्री तथा कलाकार भिस्मा चेम्जोङ, आदिबासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बु, सेवारो कला सङ्घका अध्यक्ष काजिमान लिम्बु, कथाकार विजय हितान, केन्टबरी सेवा समाजका अध्यक्ष घन थापा, साथै सगरमाथा नेपलिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरीप्रसाद लिम्बु लगायत विभिन्न सघंसंस्थाका >>>

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

गत ११ जुलाई २०१४ का दिन कुवेतको जेलिबमा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०१ औ भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । १६ प्रतिस्पर्धी मध्ये प्रथम, दोस्रो र तेस्रो क्रमशः दिपक आचार्य जलन, प्रसाद तिम्सिना र नैनकला राई बन्न सफल हुनुभयो । प्रमुख अतिथि कार्यबाहक राजदुत विशाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष धर्मराज गिरि लगायत बुद्धिजीबि तथा स्रष्टासर्जकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सफलताको लागि प्राप्त साहित्य महासङ्घ विश्व केन्द्रयि समितिका अध्यक्ष विश्वास दीप तिगेलाको शुभ कामना पढेर सुनाईएको थियो >>>

विभिन्न महत्वपूर्ण निर्णय गर्दै महासङ्घको बैठक सम्पन्न

विभिन्न महत्वपूर्ण निर्णय गर्दै महासङ्घको बैठक सम्पन्न

लण्डन, २८ जुन २०१४ । विश्व नेपाल साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको इबैठक विभिन्न निर्णय गर्दै सम्पन्न भयो । साहित्य महासङ्घले आयोजना गर्न लागेको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिताको लागि आयोजक उपसमिति संयोजक आले माइला (सिंगापुर) लाई तोक्यो भने सदस्य अमित राई (कुवेत), धन लेप्चा (अमेरिका) रेवती तिमिल्सिना (आसम भारत) र सुनिल खड्का (थाइल्याण्ड)लाई चयन गरयो । कार्यक्रमको सहआयोजक संस्थाहरु मातृभूमिको लागि युवा अभियान, नेपाली साहित्य प्रतिष्ठान हङकङ, अनेसास ताइवान, नेपाली साहित्य विकास परिषद, युके, विनेसाम शाखाहरु रहनेछन् । आगामी जुलाई १३ तदनुसार असार २९ गते साहित्य महासङ्घ ५ औ >>>

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

काठमाण्डौं । टंक प्रसाद उप्रेतीद्धारा लिखित, विश्व नेपाली साहित्य महासंघ केन्द्रद्धारा प्रकासित राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा भन्ने पुस्तक सांस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा यही जेष्ठ १७ गते काठमाण्डौ स्थित तिनकुनेमा अवस्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा एक बृहत समारोहको साथ विमोचन भएको छ । उक्त कार्यक्रम प्रकाशक तथा विश्व नेपाली साहित्य महासंघका के्न्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । पुस्तकको समालोचन वरिष्ठ प्राज्ञ प्रा. मोहनराज शर्माले गर्नु भएको थियो भने लेखक टंक प्रसाद उप्रेतीले उक्त पुस्तक अहिले सम्म निस्केका आत्म व्रितान्त मध्ये श्रेष्ठ >>>

Page 5 of 14« First...«34567»...Last »